शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कमल थापाको पुस्तक विमोचन


  • माउन्टेन खबर
  • बिहिबार, साउन २८, २०७८
  • 360
    SHARES

काठमाडौं, २८ साउन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेख्नुभएको“एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ ।

अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी व्यक्तित्व बुबा अर्थात् अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाका बारेमा पुस्तक लेख्नुभएको हो । पुस्तक बिहीवार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले विमोचन गर्नुभयो ।

स्व.छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरिएको पुस्तकमा लेखक थापाले तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गर्नुभएको छ । अध्यक्ष थापाले आफ्ना पिताको जीवनकालमा घटेका घटनाको बारेमा लेख्नुभएको छ । पुस्तकमा स्व. छत्रबहादुर थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहनसमशेर र राजा महेन्द्रसँगको समीप्य तथा पञ्चायत कालका अनुभवहरु समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }