शुक्रबार, बैशाख २८, २०८१

असार मसान्तसम्म बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०७८
  • 398
    SHARES

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०७७ असार मसान्तमा १,३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २,८८३.४ कायम भएको छ ।

त्यसैगरी बजार पुँजीकरण २०७७ असार मसान्तमा रु. १,७९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा १२३.७ प्रतिशतले वृद्धि भई रु. ४,०१० अर्ब ९६ करोड कायम भएको मौद्रिक नीतिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले रु. २३ अर्ब ४ करोड बराबरको ऋणपत्र, रु. १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, रु. १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर र रु. ९ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु. ६१ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १६ वाणिज्य बैंक, ४ विकास बैंक र १ वित्त कम्पनी गरी २१ बैंक तथा वित्तीय संस्थाहरुले रु. ६९ अर्ब ६० करोडको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका छन् । २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमार्फत् रु.१०० अर्ब ३८ करोड वित्तीय साधन परिचालन भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }