बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता : मुख्यमन्त्री केसी


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १, २०७८
  • 624
    SHARES

रुपन्देही, १ भदौ 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरसः पालना र सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घको नवउद्यमशाला कार्यक्रमको आज बुटवलमा समापन गर्दै उहाँले परिवर्तनकारी शक्तिको गठन्धनबाट सरकार बनेकाले संविधान र सङ्घयीता कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । मुख्यमन्त्री केसीले कोरोना सङ्क्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले पहिलो प्राथमिकता बनाउने बताउँदै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रको प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने आश्वासन समेत दिनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूले सङ्घले आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेशसभालाई उपलब्ध गराएर सहयोग गरेको तर सरकारले यसपटकको बजेटमा बुटवलका अन्य व्यावसायिक संस्थालाई बजेट दिएको भए पनि आफ्नो सङ्घलाई नदिएर पक्षपात गरेको गुनासो गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्यमी निर्माण गर्ने र नवप्रवेशी उद्योगीलाई प्रोत्साहन तथा प्रवद्र्धनको काम आफैँमा महत्वपूर्ण भएको बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य सङ्घ, लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च रुपन्देही र अन्तरप्रेरणा प्रालिको सहकार्यमा नवीनतम सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने उद्देश्यले रुपन्देहीमा प्रथम विजनेस इन्क्युवेसन कार्यक्रम सञ्चालन गरिएको थियो ।

विगत नौ महिनादेखि सञ्चालनमा रहेको यस कार्यक्रममा चार जना नवउद्यमीलाई उद्यमशीलता क्षेत्रका विज्ञबाट प्रशिक्षण तथा प्रोत्साहन प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)