आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपतिद्वारा बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ४, २०७८
  • 487
    SHARES

४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ ।

शर्मा नेकपा एमालेको विदेश विभागका पूर्वसचिव हुनुहुन्छ । उहाँले लामो समय माधवकुमार नेपालको सचिवालयमा रहेर काम गर्नुभएको थियो । त्यस्तै, वामदेव गौतम र मदन भण्डारीको सचिवालयमा रहेर पनि उहाँले काम गर्नुभएको थियो । शर्माले अंग्रेजी विषयको प्राध्यापन गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)