बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन


  • माउन्टेन खबर
  • शनिबार, भदौ ५, २०७८
  • 634
    SHARES

काठमाडौं ,५ भदौ

माल्दिभ्समा हुन गइरहेको १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो ।

संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

नेपालको पहिलो खेल असोज १५ गते आयोजक देश माल्दिभ्ससँग हुनेछ । यस्तै श्रीलंकासँग असोज १८ गते, भारतसँग २४ गते र बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

प्रतियोगितामा पाकिस्तान र भुटान भने सहभागी नहुने भएका छन् ।

पाँच टोलीमध्ये शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिष्पर्धा गर्न पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)