बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक


  • माउन्टेन खबर
  • सोमवार, भदौ ७, २०७८
  • 396
    SHARES

काठमाडौं,७ भदौ

नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

काठमाण्डौमा सोमबार नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको थियो । डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको र त्यहि डिजाइनको जर्सी आज सार्वजनिक भएको बताइएको छ ।

नयाँ जर्सीलाई नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष र माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकीले सार्वजनिक गरेका छन् । जर्सीको डिजाइन बापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

आज सार्वजनिक भएको जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ । भारतीय टिमको जर्सी बनाउने कम्पनीले यो जर्सीलाई बनाएको बताइएको छ । कार्यक्रममा नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको भने उपस्थिती रहेको थिएन ।

काठमाडौंमा भएको सिरिज अघि नयाँ प्रायोजकसहितको जर्सी सार्वजनिक हुँदा धेरैले त्यसमा असन्तुुष्टि जनाएपछि नेपाल क्रिकेट संघ क्यानले जर्सीको प्रायोजक खोज्ने जिम्मा लिएको एडप्याडले समर्थकहरुबाट खुल्ला प्रतिस्पर्धा गराई नयाँ जर्सीको डिजाइन मागिएको थियो । आज सार्वनिक भएको जर्सी मंगलबार (भोली) ओमान जाने नेपाली टिमले लगाउने छ । आइसीसीको गाइडलाइन अनुसार नै नयाँ जर्सी डिजाइन भएको नेपाल क्रिकेट संघले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)