आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ महानगरपालिका–४ को सभापतिमा सूर्यभगत श्रेष्ठले उम्मेद्वारी दिने


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 1.4K
    SHARES

काठमाडौँ, १५ भदौ 

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ को वडा सभापतिमा सूर्यभगत श्रेष्ठले उम्मेद्वारी दिने हुनुभएको छ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा वडा अध्यक्षको लागि उम्मेद्वारी दिने क्रम बढेसँगै श्रेष्ठले वडा सभापतिका लागि आफ्नो उम्मेद्वारी दिन लाग्नुभएको हो ।

काठमाडौँ महानगरपालिका हाडिगाउँका स्थानीय बासिन्दासमेत रहनुभएका श्रेष्ठ हाल वालुवाटारमा बस्दै आउनुभएको छ । विस २०२७ सालमा जन्मनुभएका श्रेष्ठ विस २०४६ सालमा लौहपुरुष गणेशमान सिंहले नेतृत्व गर्नुभएको आन्दोलनमा सहभागीता जनाउनुभएको थियो । काठमाडौँ महानगरपालिकाको वडा नं ४ मा धुम्बाराही, नक्साल भाटभटेनी, चप्पल कारखाना, मण्डिखाटार, वालुवाटारलगायतका क्षेत्रहरु पर्दछन् ।

वडा सभापतिका उम्मेद्वार श्रेष्ठले सवल र सक्षम काँग्रेस निर्माण गर्दै तीनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई एक नम्बरको पार्टी बनाउने उद्घोषका साथ आफू निर्वाचन लड्न लागेको माउण्टेन खबर डटकमलाई जानकारी दिनुभयो ।

युवा नेता श्रेष्ठले हाल देशभरका ५६ जिल्लाको क्रियाशिल सदस्यता टुङ्गोमा पुगेपनि काठमाडौँको नटुङ्ग्याएको भन्दै आपत्ती जनाउनुभयो । उहाँले चाँडो क्रियाशिल सदस्यता टुङ्ग्याएर निर्वाचनको वातावरण सुनिश्चित गर्नसमेत पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)