बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पपुवा न्युगिनीले नेपाललाई दियो एक सय ३५ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २२, २०७८
  • 636
    SHARES

२२ भदौ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पपुवा न्युगिनीले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रनमा समेटिएको हो ।

पपुवा न्युगिनीलाई सस्तो रनमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । डेब्यु विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए ।

पपुवा न्युगिनीका लेगा सियकाले ३८ बलमा ३० रन बनाए । कार्लेस अमिनीले २३ र गाउदी टोकाले २२ रन बनाए ।

यसअघि टस जितेर पपुवा न्युगिनीले ब्याटिङ रोजेको थियो ।

पपुवा न्युगिनीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यु गरेका छन् । नेपाली टोलीमा दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।

दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)