बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २४, २०७८
  • 432
    SHARES

धनगढी, २४ भदौ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत ५ माघमा संसद विघटन गर्दा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावलले समेत त्यसको विरोध गरे ।

देशभर एमालेका नेता, कार्यकर्ता दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटनपछि एमाले प्रस्ट दुई खेमामा बाँडियो । प्रदेशसभामा रहेका एमालेका बहुमत सांसद माधव खेमामा खुले । सुदूरपश्चिममा एमालेका २५ जनामध्ये १७ जना सांसदले माधव नेपाललाई रोज्दा त्यसको श्रेय उपाध्यक्ष भीम रावललाई गएको थियो ।

ओलीले दोस्रो पटक संसद विघटन गर्दा पनि सुदूरपश्चिम प्रदेशसभामा माधव खेमा रोज्ने सांसदको संख्यामा बहुमत थियो । सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद नेपाल खेमामा जानुमा भीमबहादुर रावलको योगदान रहेको चर्चा चलेको थियो । तात्कालीन रूपमा एमाले अध्यक्ष ओलीको खरो आलोचक रहेका रावलले आफ्नो प्रदेशमा ओलीलाई एक्ल्याएको भन्दै टीका टिप्पणीसमेत भएका थिए ।

तर, एमालेबाट छुट्टिएर माधव नेपालले छुट्टै पार्टी बनाउँदा सुदूरपश्चिमबाट भीम रावलसमेत एक्लिएका छन् । भीम रावल एकताको पक्षमा लाग्ने भन्दै एमालमै बस्दा उनका भनिएका सुदूरपश्चिम प्रदेशसभाका १७ मध्ये १३ जना सांसद माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । यसले सुदूरपश्चिममा रावलको पकड मात्र खोसिएन, यसअघिको तथ्यलाई समेत गलत सावित गरिदिएको छ ।

आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीम रावल ?

नेकपा एमाले सुदूरपश्चिमका एक नेताका अनुसार हाल माधव नेपाल खेमामा गएका सुदूरपश्चिमका सांसदहरू भीम रावलका कहिल्यै थिएनन् । एमालेको नवौँ महाधिवेशनअघि कैलालीका दीर्घ सोडारी, कंचनपुरका तारा लामा तामाङलगायतका नेता झलनाथ खनालको लाइनमा थिए । दुवै नेताले विद्यार्थी राजनीति झलनाथ खनालको लाइनबाट सुरु गरेका थिए ।

एमालेको नवौँ महाधिवेशनमा झलनाथ खनाल र माधव नेपाल एउटै प्यानलमा उभिए । सोही प्यानलमा भीम रावल पनि उभिए । सुदूरपश्चिमका भीम रावलले झलनाथ-माधव खेमाबाट चुनाव जितेर प्रदेश इन्चार्जको जिम्मेवारीसमेत पाए । त्यसपछि यहाँका नेता, कार्यकर्ता पनि भीम रावलसँग नजिक भएका थिए ।

‘माधव-झलनाथको गुटमा भीमरावल गएपछि यहाँका नेताको लाइन मिलेको मात्र हो’, एमालेका एक नेता भन्छन्, ‘तर, उनीहरू भीम रावलका कहिल्यै भएनन्, जसको परिणाम एमाले विभाजित हुँदा देखिएको छ ।’

ती नेताका अनुसार अछामबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर भने रावलकै कार्यकर्ता हुन् । संसद विघटन हुँदा नै राष्ट्रियसभा सदस्य कुँवरले रावललाई ओलीकै लाइनमा रहन आग्रहसमेत गरेका थिए । तर, रावलले त्यतिबेला माधव खेमालाई रोजे । कुँवर पनि रावलकै पछाडि लागेका थिए । एमाले विभाजन हुँदा कुँवरले समेत रावललाई छाडेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कंचनपुरका तत्कालीन एमाले अध्यक्ष तारा लामा तामाङले पनि सो कुरालाई पुष्टि गरे । उनले घुमाउरो शैलीमा आफूहरू भीम रावलको नभएको पुष्टि गरे ।

‘पार्टी विभाजन हुँदा दल रोज्न पाउनु हाम्रो अधिकार हो’, तामाङले भने, ‘तर, हामी कसैका एस म्यान बन्दैनौँ, हामी स्वतन्त्र छौँ ।’

उनले आफुहरूले रावललाई नेता मानेको बताए । ‘एमालेमा छँदा रावल काम्रेडले हामीलाई डोहोर्‍याउनुभएको थियो’, उनले भने, ‘तर, ओलीको निरङ्कुश शैलीका कारण हामी फरक बाटोमा लागेका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }