बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै, गुल्सनले डेब्यु गर्लान ?


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २५, २०७८
  • 411
    SHARES

काठमाडौं, २५ भदौ 

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ ।

शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टि-ट्वान्टी खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

टि-ट्वान्टी खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेकाे नेपाल दाेस्राे खेलमा पनि जितकाे लक्ष्यका साथ उत्रनेछ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए  । चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो ।

याे खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

नेपालले पहिलाे पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेकाे हाे । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेकाे थियाे । तर एकदिवसिय क्रिकेटमा भने पहिलाे पटक खेल्न लागेकाे हाे ।

नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)