बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ह्याट्रिकसँगै मेस्सीले तोडे पेलेको कीर्तिमान


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २५, २०७८
  • 565
    SHARES

काठमाडाैं, २५ भदौ 
स्टार खेलाडी लियोनल मेस्सीले  ह्याट्रिकमा अर्जेन्टिनालाई  जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् ।

शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेपेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए । मेस्सीलाई घरेलु दर्शकले समेत साथ दिएका थिए ।

बार्सिलोनाबाट यसै सिजन पेरिस सेण्ड जर्मन (पिएसजी)पुगेका मेस्सीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेका थिए । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो खेल खेलेको हो । जहाँ मेस्सी नयाँ कीर्तिमान कायम गर्न सफल भए ।

मेस्सीले १४,६४ र ८८औँ मिनेटमा गाेल गरेर ह्याट्रिक पूरा गरे । पहिलो गोल मेस्सीले लियान्द्रो पराडेजको पासमा डिबक्स बाहिरबाट आकर्षक गोल गरे । दोस्रो गोल डिबक्स भित्र बोलिभियाका ४ डिफेन्सलाई बिट मार्दै गरेका थिए । तेस्रो गोल भने बोलिभियाको गोलरक्षकको रिबाउण्डमा सम्भव भएको थियो ।

जितसँगै कतार बिश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएकाे हो ।

बिहानको अर्को खेलमा उरुग्वेले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)