बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो खेल खेल्दै


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २५, २०७८
  • 502
    SHARES

२५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

पपुवा न्युगिनीसँगको उक्त खेल नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ । नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक डे–नाइट (दिन–रात) एकदिवसीय खेल खेल्न लागेको हो ।

बुधबार नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेलिरहेको छ ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग यही भदौ २८ गते खेल्नेछ । दोस्रो खेल ओमानसँग भदौ २९ गते खेल्ने तय भएको छ । यस्तै नेपालले तेस्रो खेल अमेरिकासँग आगामी असोज १ गते तथा अन्तिम खेल ओमानसँग असोज ३ गते खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)