बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रोहितको उत्कृष्ट ब्याटिङमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २५, २०७८
  • 530
    SHARES

काठमाडौं, २५ भदौ

युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई २३४ रनको टार्गेट दिएको छ ।

कतारको मस्कटमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ४९ ओभर २ बलमा अल आउट हुँदै २३३ रन बनाएको हो ।

नेपालका युवा ब्याट्सम्यान रोहितले सर्वाधिक ८६ रन बनाए । १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा अविजित रन बनाएका हुन् । कप्तान ज्ञानेन्द्र मल्ले ४५ रन बनाए । ७० बल खेलेका मल्ले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

यस्तै, करण केसीले ४२ रन बनाए बनाए । जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । विकेट किपर विनोद भण्डारीले १७ रन बनाए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३-३ रन बनाएर आउट भएका थिए ।

नेपालले एक्स्ट्रा २४ रन पाएको थियो ।

पपुवा न्युगिनीका काबुआ मोरेयाले सर्वाधिक २ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राखेका थिए । यस्तै, नोमान मानुआ, चाद सोपर र कार्लेस् अमिनीले १-१ विकेट लिए ।

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)