२९ भदौ, काठमाडौं । त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजमा नेपालले ओमानसँग खेल्न लागेको हो ।
अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ । नेपालले सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
विश्वकप छनोटको एक रूपमा रहेको डिभिजन–२ टोलीले नौ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
