आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन: सांसद मोहन आचार्य


  • माउन्टेन खबर
  • आइतवार, अशोज ३, २०७८
  • 1.3K
    SHARES

रसुवा, ३ असोज

प्रतिनिधिसभा सदस्य एंव नेपाली कांग्रेसका युवा नेता ईन्जिनियर मोहन आचार्यले  संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य बन्नसके मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुनसक्ने उल्लेख गर्नुभयो ।

“राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था वृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको उहाले उल्लेख गर्नु भएको छ। ”

सन्देशमा संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने जनाउँदै यसलाई सुशासनको वाहक बनाउन कानूनी शासन र संविधानवादमार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्नुपर्ने उल्लेख छ । “सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ, आगामी दिनमा यस्ता विवाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलले प्रतिबद्धता जनाउन जरुरी छ ।” सन्देशमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)