बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालद्वारा ओमान सात विकेटले पराजित

नेपाल अंकतालिकाको चौंथो स्थानमा


  • माउन्टेन खबर
  • सोमवार, अशोज ४, २०७८
  • 891
    SHARES

काठमाडौं,४ असोज
नेपालले ओमानको अल अमिरातमा आज खेलिएको एक दिवसीय क्रिकेटमा ओमानलाई सात विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल विश्वकप क्रिकेट लिग २ मा आठ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

टस जितेर पहिले क्षेत्ररक्षण रोजेको नेपालले ओमानलाई ३७.१ ओभरमा १२१ रनमै अलआउट गरेको थियो । ओमानको इनिङ ध्वस्त बनाउनेक्रममा नेपाली बलरहरु करन केसी र सन्दिप लामिछानेले आठ विकेट लिएका थिए ।

करन केसीले २५ रन खर्चेर माथिल्लो क्रमका चार खेलाडीलाई आउट गरेका थिए । उनले आठ ओभर बलिङ गरेका थिए ।अर्का बलर सन्दिप लामिछानेले ८.१ ओभर बलिङ गर्दै मध्यक्रमका चार खेलाडीलाई आउट गरेका थिए । उनले २ मेडन राख्दै १८ रन मात्र खर्चिएका थिए ।

शरद भेश्वाकरले ६ ओभर बलिङ गर्दै २ विकेट लिएका थिए ।

जितका लागि १२२ रनको लक्ष पाएको नेपालले ३ विकेट गुमाएर १८.२ ओभरमै उक्त लक्ष पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ६, आशिफ शेखले ४०, कप्तान ज्ञानेन्द्र मल्लले ५२, रोहित पौडेलले ६ र शरद भेश्वाकरले १ रन बनाएका थिए ।

करन केसीले प्लेयर अफ द म्याचको पुरस्कार पाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)