आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा बढ्दै संस्थागत सुत्केरी हुनेको दर


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ७, २०७८
  • 738
    SHARES

७ असोज, बागलुङ । स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गर्ने र सुत्केरी हुने सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । स्वास्थ्यकर्मीकै घरभेट कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्तालगायतले सो प्रगति भएको कार्यालयका प्रम्ुख सुरज गुरौले जानकारीदिनुभयो । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात् स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रमसमेत सञ्चालन भए पनि उनीहरुको स्वास्थ्यमा पनि सुधार भएको देखिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य संस्थामै गर्भ जाँच गर्ने आर्थिक वर्ष ०७६÷०७७ मा ११ प्रतिशत रहेकोमा गत आवमा १८ प्रतिशत पुगेको प्रमुख गुरौले जानकारी दिनुभयो । “आमा सुरक्षा कार्यक्रममा नियमित गर्भ जाँच र संस्थागत सुत्केरी दर अघिल्ला वर्षमा जस्तै रहेको छ”, गुरौले भन्नुभयो, “यस वर्ष सुत्केरीपश्चात् जाँच गर्नेको सङ्ख्या वृद्धि भएको छ ।”

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएकोले यो तथ्याङ्क बढाउन सहयोग गरेको हो । त्यस्तै कतिपय स्थानमा एउटै वडामा पनि दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सुत्केरी सेवा र गर्भ जाँच सेवा दिन थालिएपछि महिला स्वास्थ्यको सङ्ख्या उल्लेख्य बढेको पाइएको हो । अति दुर्गम मानिने तमानखोलाको नर्जाखानी, लामेला र खुंगाको धिरीसमेतमा एकाइ स्थापना भएका छन् ।

जिल्लाभरि नै घरमै पुगेर सुत्केरीलाई भेट्ने र जाँच गर्ने कार्यक्रमसमेत लागू भएको छ । सरकारी कार्यक्रमबाहेक गैरसरकारी संस्थाले पनि सुरक्षित सुत्केरीको क्षेत्रमा काम गरिरहेका छन् । त्यसले पनि यसमा उल्लेखनीय प्रगति भएको हो । यसले आमा सुरक्षा कार्यक्रम थप प्रभावकारी भएको उनले बताए । परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या पनि एक प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्याङ्क छ ।

जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउने दर पनि वृद्धि भएको छ । अघिल्लो वर्ष १४६ क्षयरोगका बिरामी पत्ता लागेकोमा यस वर्ष १४९ पत्ता लगाएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । जिल्लामा कूल पत्ता लगाएका क्षयरोगका बिरामीमध्ये १.४६ प्रतिशतको क्षयरोगका कारण मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)