बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी नेपालमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ७, २०७८
  • 255
    SHARES

काठमाडौं, ७ असोज

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी चौथौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् ।

शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिए । नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए ।

 

अफ्रिदी चौथौ संस्करणमा इपिएल खेल्ने उच्च प्रोफाइलका खेलाडी हुन । अफ्रिदीले नेपाल बसाईको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन । विश्वमा चर्चा कमाई सकेका अफ्रिदिले विश्वका प्रायजसो फ्रेन्चाई प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपिएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन् । चौथौ संस्करणको इपिएल शनिबारबाट २३ गते सम्म आयोजना हुँदै छ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)