बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एभरेष्ट प्रिमियर लिग

चितवन टाइगर्सको विजयी सुरुवात


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 524
    SHARES

काठमाडौं,१० असोज

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारिवर्सलाई चितवनले २ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

चितवनलाई जित दिलाउन राजेश पुलामीले अविजित रहदै सर्वाधिक ४३ रनको योगदानी दिए । यस्तै भिम सार्कीले ३० रन जोड्दा दिलिप नाथले २३ रन बनाए । विराटनगरका सिकन्दर राजा र करण केसीले २र२ विकेट लिए भने प्रतिस जिसी, अनिल खरेल र रायन पठानको नाममा १र१ विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेल्दै ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।

यस्तै अनिल शाहले ३२ रन जोडे । चितवनका कप्तान सोमपाल कामी,कमल ऐरी,करिम जनत र सागर ढकालले २ , २ विकेट लिए भने शाहब आलमले १ विकेट लिए । जितसँगै चितवन पहिलो खेलमा २ अंक जोड्न सफल रह्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)