बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाका कारण पोखरा र भैरहवाबीचको खेल नतिजा विहीन


  • माउन्टेन खबर
  • आइतवार, अशोज १०, २०७८
  • 449
    SHARES

काठमाडौं ,१० असोज

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल नतिजा विहीन हुन पुगेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा वर्षा बाधक बनेपछि पोखरा र भैरहवाको खेल नतिजाविहीन भई सकिएको हो ।

खेल नतिजा विहीन सकिएसँगै दुबै टोलीले एक एक अंक प्राप्त गरे । पोखराले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित हुन पुग्यो ।

वर्षाले खेल रोकिनु अघि पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । पोखराका विवेक यादव १६ रनमा अविजित रहँदा भैरहवाका दुर्गेस गुप्ताले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)