शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बोगटानबासीका दुःखका दिन अन्त्य भए : मुख्यमन्त्री भट्ट


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १२, २०७८
  • 577
    SHARES

सुदूरपश्चिम ,१२ असोज

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोगटानबासीका दुःखका दिन अन्त्य भएको बताउनुभएको छ । सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने हालै ट्र्याक जोडिएको सडकको अनुगमनका लागि आज डोटीको बडिकेदार गाउँपालिका पुग्नुभएका उहाँले वषौंपछि सडक जोडिएका कारण यहाँका नागरिकको दुःख अन्त्य भएको बताउनुभएको हो । सडक अनुगमनका क्रममा आयोजना गरिएको एक कार्यक्रममा मुख्यमन्त्री भट्टले सहजपुर–बोगटान सडक सुञ्चालन हुने भएकाले अब यहाँका नागरिकलाई घरैमा रोजगारी मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो अथक प्रयासले वर्षौपछि सडक जोडिएको छ, सडक पूर्ण हुने बोगटानवासीको सपना पनि पूरा भएको छ, अब यहाँका फलफूल तथा तरकारीले बजार पाउने छन्, नागरिकलाई घरैमा रोजगारी मिल्नेछ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थापनापछि सुदूरपश्चिममा सानाठूला गरी थुप्रै विकास भएको दाबी गर्नुभयो । “सानोतिनो विकासका कामका लागि केन्द्र सरकारमा धाउनुपर्ने परम्परा अन्त हुनाका साथै प्रदेशमा लामो समयदेखि निर्माण नभएका योजना पनि सम्पन्न भएका छन्,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा थुप्रै विकासका कामहरू गरेका छन्, जो क्रमिक रुपमा सम्पन्न हुँदैछन् ।” सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने सडक जोडिएपछि अब यहाँका नागरिकको घरैमा गाडी चढ्न पाउने सपनासमेत पूरा भएको उहाँको भनाइ थियो ।

यसैगरी उहाँले हालै मात्रै जोडिएको उक्त सडक कालोपत्रका लागि प्रदेश सरकारले पहल गर्नेसमेत आश्वासन दिनुभयो । उक्त सडक शिलान्यास भएको कम्तीमा पनि ३५ वर्षपछि गएको आइतरबार अर्थात् असोज ३ गते जोडिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखको लागतमा निर्माण भएको हो । विसं २०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि चर्चामा आएको बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकमा खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरी ट्र्याक जोडिएको हो । विसं २०४३ देखि सडक निर्माण कार्य सुरु भएको उक्त सडकको बल्ल ट्र्याक जोडिएको भन्दै यहाँका नागरिक खुसियाली मनाइरहेका स्थानीयवासी हिक्मत देउवाले बताउनुभयो ।

कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई निकै राहत भएको छ । उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् ।

सडक सुविधा नभएका कारण ती क्षेत्रका किसानले उत्पादन गरेका वस्तु बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेका थिए । सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने भन्दै किसान बढी खुसी भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार ९हल्दी० तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }