सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शेखर कोइराला विरुद्ध खनिए इन्द्र बानियाँ

नेता शेखर कोइरालाको ट्वीटले पार्टीभित्र राजनीतिक तरङ्ग


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १४, २०७८
  • 711
    SHARES

काठमाडौं,१४ असोज

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले बाग्मती प्रदेशको मुख्यमन्त्रीको विषयलाई लिएर आज गरेको ट्वीटले पार्टीभित्र राजनीतिक तरङ्ग ल्याएको छ ।

काँग्रेसको आसन्न महाधिवेशनलाई प्रभावित गर्नेगरी बाग्मती प्रदेशमा इन्द्र बानियाँलाई “अस्थायी” मुख्यमन्त्री बनाउन लागेको दाबी गर्दै डा शेखरले आपत्ति जनाएका थिए । लगत्तै बानियाँले कोइरालाको विचार र भनाईप्रति कडा टिप्पणी गरेका छन् ।

बानियाँले शेखरमाथि “एउटा कर्मचारी नेता बन्न सक्दैन” भन्दै ट्वीट गरेका छन् । उनले भनेका छन्, “‘यो हतास मनस्थितिको उपज हो । कोइराला हुँदैमा कांग्रेसको विरासत पाउने हुँदैन । हतास मनस्थितिको मान्छे कांग्रेसको नेतृत्वमा योग्य छैन । उहाँ काँग्रेसले मुलुक चलाएको हेर्न चाहनुहुन्न, एउटा कर्मचारी नेता बन्न सक्दैन। नेता बन्नका लागि ठूलो छाती चाहिन्छ ।’

 

 

शेखरले यसअघि बजारमा आएको हल्लाकै आधारमा बाग्मती प्रदेश सरकारको नेतृत्वका बारेमा अपरिपक्व टिप्पणी गरेका थिए । उनले ट्वीट गर्दै भनेका थिएः “वागमती प्रदेशमा संकटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ …”

 

नेपाली काँग्रेसको नेतृत्वमा अढाई महिना सरकार बनाउन माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीच सहमति भएको डा शेखरको दाबी छ । यद्यपी यस्तो सरकार बन्ने वा बनाउने तर्फ पार्टीले आधिकारिक रुपमा केही भनेको छैन ।

शेखर कोइरालाले इन्द्र बानियाँको नाम नलिई ट्वीट गरे पनि उक्त ट्वीट पार्टी नेतृत्व र बानियाँतर्फ लक्षित रहेको प्रष्टै छ । डा शेखरले अझ अगाडि भनेका छन्, “यसले काँग्रेस पार्टीलाई कमजोर बनाउँछ । संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली काँग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्दछु ।”

बानियाँले डा शेखर आफ्ना विरुद्ध लागेको बताएका छन् । यसअघि यस्तै विवादमा पूर्व मन्त्री मोहन बस्नेतले डा शेखरलाई “कर्मचारी” भनेका थिए । आफू स्वास्थ्य मन्त्री हुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा शेखरलाई उपकुलपति नियुक्त गरेको कुरा बस्नेतले बताउँदै आएका छन् । डा शेखर आफूभन्दा जुनियर रहेकाले पार्टीको सभापति हुन योग्य नभएको पनि बस्नेतको दाबी छ ।

बाग्मती प्रदेशमा नेकपा एमाले दल विभाजन भएसँगै अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको छ । सत्ता गठबन्धनका मुख्य घटकहरुले नयाँ सरकार बनाउने बताए पनि कसको नेतृत्वमा सरकार बन्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीको दाबेदार रहेको सार्वजनिक रुपमै घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }