आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ज्येष्ठ नागरिकहरु अनुभवका खानी हुन् : मुख्यमन्त्री पोखरेल


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १५, २०७८
  • 380
    SHARES

१५ असोज, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनुभएको छ । उहाँले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुवाआमाको सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुन्छ, ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।” त्यसैगरी सन्देशमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उल्लेख छ ।

वृद्धाश्रम बनाएर होइन, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुने सन्देशमा उल्लेख छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको छ । मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको सुखमय र जीवनलाई सम्मानित बनाउन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)