आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डेढ वर्षपछि तारे होटलका रुममा पर्यटक, क्यासिनाेले बढाए चहलपहल


  • माउन्टेन खबर
  • सोमवार, अशोज १८, २०७८
  • 289
    SHARES

काठमाडौं ,१८ असोज

सरकारले क्यासिनो सञ्चालन गर्न अनुमति दिएपछि होटलमा चहलपहल देखिन थालेको छ । झण्डै डेढ वर्षदेखि बन्द रहेका क्यासिनाे खोल्ने बित्तिकै ठूला संख्यामा भारतीयहरु नेपालमा क्यासिनो खेल्न आएपछि होटलमा चहलपहल देखिएको हो ।

क्यासिनो सञ्चालकले विगत १५ दिनदेखि काठमाडौंका क्यासिनोमा गेम चलाइरहेका छन् । त्यसले पनि होटलमा रौनक थपेको हो । १० दिन अघिसम्म काठमाडौं म्यारियटमा क्यासिनो मालिकले गेम गरेका थिए । त्यसपछि ह्यात होटलमा पनि गम भएको छ ।

यसरी गेम हुँदा काठमाडौंमा प्रत्येक होटलको ६० देखि ९० वटा रुम बुकिङ हुन्छ । लामो समयदेखि खाली भएको रुम विगत २० दिनदेखि भरिन थालेका छन् । होटल सञ्चालकले दोहोरो खोप लगाएका पर्यटकलाई निर्वाध रुपमा आउन दिन सरकारलाई दुई महिना अघि नै आग्रह गरेका थिए ।

नेपालीलाई क्यासिनोमा प्रवेश दिइँदैन । नेपालका हरेक क्यासिनो भारतीय पर्यटकबाट भरिभराउ छन् । क्यासिनो सञ्चालकहरु मिलेर एक अर्का क्यासिनोमा गेम गरेकाले होटलहरुको रुम पनि बिक्री भएको छ ।

क्यासिनो खेल्न आउने पर्यटकले मात्रै म्यारियटमा ६० वटा रुम लिएका थिए । त्यसैगरी, सोल्टी होटलमा पनि ५० रुम लिएका थिए । ह्यात होटलमा पनि ७० रुम लिएका थिए ।

कोभिडका कारण नेपालमा पर्यटकलाई आवागमन रोकिएको थियो । जसका कारण होटलहरु गम्भीर आर्थिक संकटमा समेत पुगेका थिए । तर, कोभिड संक्रमण विस्तारै कम हुँदै गएको र सरकारले खोप अभियानलाई तीब्रता दिए पछि पर्यटकको चहलपहल सुरु भएको छ ।

काठमाडौंका होटलमा विदेशी पर्यटकको आवागमन पछि रौनक देखिएको छ भने मोफसलका होटलमा आन्तरिक पर्यटकले भरिभराउ रहेका होटल सञ्चालकहरु बताउँछन् । सरकारले अनअराइभल भिसा सुविधा दिए पछि त्यसको पनि सकारात्मक असर परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)