शनिबार, बैशाख २९, २०८१

कांग्रेस सहमहामन्त्री महतसहितको टोली भारत जाँदै


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 202
    SHARES

२० असोज , काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वमा एक टोली भारत जाने भएको छ । भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणमा बिहीवार महतको टोली नयाँ दिल्ली जाने भएका हुन्।

टोलीमा महतसहित कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया रहनेछन्। चार दिने दिल्ली बसाईपछि कांग्रेस नेताहरु असोज २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक कांग्रेसले आफ्नो टोली भारत पठाउन लागेको हो। महतको टोलीले दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सम्बन्ध विस्तारमा कुराकानी हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }