शनिबार, बैशाख २९, २०८१

ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको गच्छदारको दावी


  • माउन्टेन खबर
  • बुधबार, अशोज २०, २०७८
  • 211
    SHARES

सुनसरी,२० असोज

नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गर्नु भएको छ ।

बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिनु भयो । उहाँले आफू निश्कलंक रहेको पनि पटक–पटक दोहो¥याउनु भयो । उपसभापति गच्छदारले भन्नु भयो, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौति छ–राज्यसँग । मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलंक छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्धा चलाइएको हो ।’

 

उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्धा दर्ता गराएको आरोप समेत लगाउनु भयो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }