सोमवार, बैशाख २४, २०८१

मुलुकलाई हरेक सङ्कटबाट पार लगाउन कांग्रेसको नेतृत्व आवस्यक छ : मुख्यमन्त्री पोखरेल


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 320
    SHARES

२२ असोज, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस पोखरा महानगर समितिले दसैँ, तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले गत चुनावमा कम्युनिष्टले दुईतिहाइ ल्याएपछि कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेको र उनीहरुबीचकै कलहले संवैधानिक सङ्कट निम्तिएपछि कांग्ेसले अघि सर्नुपरेको बताउनुभयो ।

उहाँले कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्नुभयो । विसं २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसक्दा कांग्रेसले नै अग्रसरता लिनुपरेको उल्लेख गर्दै उहाँले विगतका घटनाले आफूहरूलाई पाठ सिकाएको र विकास तथा समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने गरेको बताउनुभयो ।

कांग्रेस १४औँ महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेकाले उहाँले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइए पनि यसलाई सहजरूपमा लिन उहाँले कार्यकर्तासँग आग्रह गर्नुभयो ।

नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गर्नुभएको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताउनुभयो । कांग्रेस कास्कीको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }