आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशद्वारा प्रदेशसभा अधिवेशनको आह्वान


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २२, २०७८
  • 372
    SHARES

२२ असोज, काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौँ अधिवेशन बस्ने निर्णय गरी पठाएअनुसार बागमती प्रदेशका प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी बैठकको आह्वान गर्नुभएको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिनुभयो ।

बैठक आह्वान गर्नुभएअनुसार १०९ प्रदेश सभा सदस्यलाई बैठकमा सहभागी हुन पनि सूचना प्रवाह गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)