आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्दै


  • माउन्टेन खबर
  • आइतवार, अशोज २४, २०७८
  • 613
    SHARES

२४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ । पोखरामा उहाँ गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुनुहुनेछ ।

कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नुहुनेछ ।यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुने कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)