आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

झन्डै दोब्बरले बढ्यो बाह्य पर्यटक आगमन


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक ३, २०७८
  • 306
    SHARES

काठमाडौं, ३ कात्तिक

पछिल्लो समय नेपालमा बाह्य पर्यटक आगमनमा उत्साह देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो महिनाको तुलनामा सेप्टेम्बरमा बाह्य पर्यटक झन्डै दोब्बरले बढेको छ । बोर्डको तथ्यांक अनुसार सन् २०२१ को अगष्टमा पाँच हजार ९१७ विदेशी पर्यटक नेपाल आएकोमा सेप्टेम्बरमा बढेर ९ हाजर ८९८ पुगेको छ ।

यस वर्षको सेप्टेम्बर महिनासम्मा ७६ हजार ८६४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका काम कारबाही प्रभावकारी रूपमा अघि बढेका छन् । पर्यटनमन्त्रीको आगमनसँगै मन्त्रालय मातहत रहेका कतिपय निकायको समस्या सुधारोन्मुख देखिएको छ ।

राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ र प्रभावकारी बनाउने योजना अनुरूप पर्यटनमन्त्री आलेले निगम सुधारका लागि प्रयास थालेका छन् । असोज २२ गते नियुक्त भएका पर्यटनमन्त्री आलेले निगमभित्र विगत १०४ दिनदेखि जारी कर्मचारी ड्रेड युनियनको आन्दोलन स्थगित गराएर समस्या समाधानका लागि पहलकदमी लिएका छन् । यसले सकारात्मक सन्देश गएको छ ।

निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीले लामोसमय आन्दोलन गर्दा संस्थाका सम्पूर्ण काम कारबाही प्रभावित भएको थियो । निगमका महाप्रबन्धक १०२ दिनदेखि कार्यालय पुग्न सकेका थिएनन् । अहिले सहज वातावरण सिर्जना भएको छ ।

निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनका लागि काम भइरहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको कामलाई पनि प्रभावकारी बनाइएको छ । हालै प्रधानमन्त्री देउवाले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी काम प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिँदै सरकारले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यी दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजना हुन् ।

यस्तै पर्यटनमन्त्री आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरी सेवालाई सुदृढ र प्रभावकारी बनाउन विभागीय प्रमुखलाई निर्देशन दिएका थिए । निगम र विमानस्थलभित्रका विकृतिलाई अन्त्य गरी उदाहरणीय काम गर्न उनले आग्रहसमेत गरेका थिए ।

सरकारको प्रयास तथा अन्तरराष्ट्रिय रुपमा पनि नेपालको पर्यटनका लागि सहज वातावरण बन्दै गएको छ । कोभिड–१९ महामारीका कारण नेपाललाई अन्तरराष्ट्रिय यात्रा प्रतिबन्ध ‘रेडलिष्ट’मा राखेको बेलायत सरकारले हालै उक्त प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)