आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शरद यामका लागि १४ हिमालले पाए आरोहणका लागि अनुमति


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 487
    SHARES

५ कात्तिक, काठमाडौं । यस वर्षको शरद् याम (अटम सिजन)का लागि १४ हिमाल आरोहणका लागि अनुमति दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार उक्त हिमाल आरोहणका लागि ३६ टोलीले अनुमित लिएका हुन्, जसअनुसार २९७ जनाले हिमाल तथा पिक आरोहण गर्नेछन् ।

विभागका अनुसार आरोहणका लागि सबैभन्दा धेरै अनुमित जारी भएको हिमाल मनाश्लु रहेको छ । सो हिमाल आरोहण गर्न २० टोलीबाट १९३ जनाले अनुमति पाएका छन् । यस्तै दोस्रोमा धवलागिरि हिमाल चार टोलीबाट ४० जनाले आरोहण गर्दै छन् ।

कुल आरोहीमध्ये पुरुष २४२ र महिलाको संख्या ५५ रहेको छ । शरद्कालीन हिमाल आरोहण अनुमितबापत २ करोड ६४ लाख रुपैयाँभन्दा बढी रोयल्टी प्राप्त भएको विभागको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)