आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डेढ वर्षदेखि कोभिडले थलिएको पर्यटन क्षेत्र लयमा फर्किंदै


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १२, २०७८
  • 663
    SHARES

काठमाडौं, १२ कात्तिक । कोभिड महामारीका कारण डेढ वर्षदेखि थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ । शरद्कालीन पर्यटकीय सिजन, कोरोना संक्रमणको घट्दो अवस्था, यसविरुद्धको खोप अभियान र बाह्य पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था लगायत कारण पर्यटन क्षेत्रले गति लिन थालेको हो ।

पछिल्लो समय विशेषगरी आन्तरिक पर्यटनले आशा जगाएको छ । काठमाडौंको ठमेलसहित उपत्यकाबाहिरका प्रमुख गन्तव्यहरू पोखरा, चितवन, बन्दीपुर लगायतका साथै मुख्य ट्रेकिङ गन्तव्यहरूमा पर्यटक आगमन बढेको छ ।

पर्यटकीय चहलपहल बढेसँगै सम्बद्ध व्यवसायीहरू उत्साहित भएका छन् । सरकारले गरेको पछिल्लो व्यवस्थाले बाह्य पर्यटक आगमन समेत बढ्ने अपेक्षा युवा पर्यटन व्यवसायी सुर्दशन नेपालको छ।

सरकारी तथ्यांकले पनि पछिल्लो महिना विदेशी पर्यटकको संख्या बढेको देखाउँछ । अध्यागमन विभागका अनुसार गत अगष्ट महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ हजार ८३ पर्यटक भित्रिएकोमा सेप्टेम्बरमा यो संख्या बढेर ६ हजार ९४२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)