आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं: मुख्यमन्त्री पाण्डे


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १४, २०७८
  • 324
    SHARES

१४ कात्तिक, काठमाडौं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज यहाँ समापन गर्दै उहाँले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताउनुभएको हो ।

कोरोनाबाट सञ्चार माध्यम र पत्रकार प्रभावित भएको आफूहरुलाई स्पष्ट रुपमा जानकारी भएको उल्लेख गर्दै उहाँले छिटो सरोकारवालासँग छलफल गरिने बताउनुभयो । सो अवसरमा मन्त्री खनालले आमसञ्चार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “चितवन देशकै मध्यभागमा पर्ने भएकाले यहाँबाट देशभरका पत्रकारले लाभ लिन सक्छन् ।” आफ्नो मन्त्रालयले विभिन्न क्षेत्र हेर्ने भए पनि आफू मन्त्री भएलगत्तै पहिलो निर्णय पत्रकारसँग सम्बन्धित कार्यविधिमा हस्ताक्षर गरेको बताउनुभयो ।

कार्यक्रममा महासङ्घका वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले यसअघि प्रदेश सरकारले निर्णय गरेको सञ्चार क्षेत्र विरोधी निर्णयको खारेजीको माग गर्दै सञ्चारमैत्री कानून निर्माण गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले आफैले सञ्चारमाध्यम सञ्चालन गर्न पर्दैन, सरकारका सकारात्मक कामको निजी सञ्चार माध्यमले गर्दछन् ।”

कार्यक्रममा महासङ्घका प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारुमगर, सचिव युवराज पुरी, रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे, नुवाकोट शाखाका अध्यक्ष कपिलदेव खनाल लगायतले बोल्नुभएको थियो । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)