आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १७, २०७८
  • 359
    SHARES

१७ कात्तिक, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताउनुभएको छ ।

बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बौल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताउनुभएको हो । उहाँले विश्वका २ सय भन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरु नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरुलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘क्षमता बेचेर सुख सुविधा दिएर आर्जन गर्ने क्षेत्र हो, हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौँ, पैसाले हुनेभए सगरमाथा युरोप तिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे, ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी रोजगारी खोज्न ४० लाख नेपालीहरु विदेशमा छौँ, हामी हाम्रै देशमा आर्जनको स्थल बनाउन सकिन्छ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौँ, देशका युवाहरुलाई बुझ्न जरुरी छ ।’

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने बताउनुभयो । जति प्रगति भएपनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेलसम्म राजनीतिक पार्टीहरु ठूलो भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)