आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ८७ प्रतिशत सम्पन्न


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २८, २०७८
  • 312
    SHARES

पोखरा, २८ कात्तिक 

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ८७ प्रतिशत सम्पन्न भएको आयोजनाले बताएको छ । विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले शनिवार अर्थमन्त्री जनार्दन शर्मालाई हालसम्म उक्त भौतिक प्रगति भएको जानकारी गराएका हुन् ।

विमानस्थलको दक्षिणतर्फ अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको भन्दै प्रबन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गर्नुपर्ने बताएका छन् । नहरका माध्यमबाट वर्खाको भल निकासका लागि ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावले काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्यांगरलगायत १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत् तथा उपकरण जडान कार्य भइरहेको आयोजनाको आर्थिक प्रशासनका वरिष्ठ अधिकृत सविन फुयाँलले जानकारी दिएका छन् । उनका अनुसार विमानस्थलको ट्याक्सी–वे, ह्यांगर, एप्रोन, पार्किङ निर्माणलगायत काम सम्पन्न भएको छ । २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि २०३१ सालमा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)