आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस काठमाडौं सञ्चालनमा


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २८, २०७८
  • 458
    SHARES

काठमाडौं ,२८ कात्तिक

गोल्यान ग्रुपले तयार पारेको पाँच तारे होटल कात्तिक २७ गतेबाट सञ्चालनमा आएको छ । कोभिडका कारण सञ्चालन मिति सर्दै आएको सो होटलले सनिबार औपचारिक कार्यक्रम गरी होटल पूर्ण रुपमा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

काठमाडौैंको सोल्टीमोडमा अमेरिकी होटल ब्राण्ड ह्यातको चेनको रुपमा ह्यात प्लेस सञ्चालनमा आएको हो । साढे १० रोपनी क्षेत्रफलमा निर्माण भएको सो होटल १४ तलाको रहेको छ । १५३ वटा कोठा रहेको सो होटलको लागत सुरुमा ३ अर्ब १४ करोडको लागतमा बनाएपनि निर्माण अवधि लम्बिएसँगै लगानी पनि बढेको बताइएको छ ।

‘लक्जरी तथा बिजनेस क्याटेगोरी’ सबैलाई मिल्ने गरी कोठाहरूको इन्टेरियर डिजाइन भएको छ । होटलमा पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट निर्माण गरिएको छ ।

होटलमा स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, मिटिङरुमहरु छन ।ह्यात ब्रान्डको नेपालमा दोस्रो होटल हो । यसअघि नै ह्यात रिजेन्सी होटल काठमाडौंमा सञ्चालित छ ।

पाँच तारे होटलको भिडमा पृथक सेवा र सुविधा दिने उद्धेश्य आफुहरुले राखेको गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले जानकारी दिए । होटल सञ्चालन भएपछि कोभिडले थलिएको पर्यटन क्षेत्रमा नयाँ आयाम दिने उनको विश्वास छ ।

सिटि होटल प्रालि अन्र्तगत सञ्चालनमा आएको सो होटलले विदेशी पर्यटकहरुसँगै आन्तरिक पर्यटकहरुलाई स्तरीय सेवा दिने अध्यक्ष शक्ति गोल्यानको भनाई छ ।

कोभिडले होटलहरु बन्द भइरहेको बेला गोल्यान ग्रुपले पाँच तारे होटल सञ्चालनमा ल्याएसँगै पर्यटन क्षेत्रमा नयाँ उर्जा थपिएको विश्वास पर्यटन व्यवसायीहरुको छ ।

होटलमा गोल्यान ग्रुप सहित उद्योगी कमलेश अग्रवाल लगायतका अन्य लगानीकर्ताहरुको पनि लगानी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)