बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 226
    SHARES

३० कात्तिक, काठमाडौं । प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत लिँदै छन् ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले गत आइतवार विश्वासको मतका लागि संसद् सचिवालयमा दर्ता गरेको सूचनाको सम्बन्धमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनी नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनबाट कात्तिक १६ गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सभामा हाल ९२ सांसद संख्या कायम छ । बहुमतका लागि ४७ मत आवश्यक पर्छ भने गठबन्धनसँग कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना गरी ५० सांसद रहेका छन् । मुख्यमन्त्री राईले विश्वासको मत पाउने गणित देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }