आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नुवाकोट काँग्रेसमा महत समूहको पल्ला भारी 


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 834
    SHARES

नुवाकोट, ६ मङ्सिर

काँग्रेस नेता अर्जुनरसिंह केसीको राजनीति जिल्लाबाटै समाप्तिको दिशामा अग्रसर भएको छ । पार्टीको नुवाकोट प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा केसी समूह पत्तासाप भएको छ भने महत समुह (डा. रामशरण महत र डा. प्रकाश शरण महत) को पक्षमा माहौल उर्लिएको छ ।

प्रदेश सभा समितिको चारवटै क्षेत्रमा महत समुहले सानदार जीत निकालेको छ भने केसी समुह शुन्यमा झरेको छ । नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ को सभापतिमा सुशील खड्का विजयी भएका छन् । खड्कालाई कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतको समर्थन थियो । उनले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका स्वकीय सचिव सरोज केसीलाई धुलो चटाएका छन् ।

प्रदेश सभा ‘ख’को सभापतिमा रामजी पौडेल विजयी भएका छन् । पौडेललाई पनि सह(महामन्त्री डा। महतको दह्रो समर्थन थियो । केसी समूहका सभापतिका उम्मेदवार ऋषिकुमार तामाङ नराम्ररी पराजित भएका छन् ।

नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ‘ख’को केन्द्रीय सदस्य बहादुरसिंह लामा समर्थक गणेशमान तामाङ निर्वाचित भएका छन् । तामाङलाई पनि डा महत समूहकै समर्थन थियो । केसी समूहबाट सभापतिमा उम्मेदवार बनेका आतमसिंह तामाङ पराजित भएका छन् ।

नुवाकोट क्षेत्र नं. २ को प्रदेश सभा ‘क’को सभापतिमा महत समुहकै बैकुण्ठबहादुर पाण्डे विजयी भएका छन् । केसी समूहका सभापतिका उम्मेदवार अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ पराजित भएका छन् ।

नुवाकोट जिल्लाको अधिवेशनमा सह-महामन्त्री डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाकोे तालमेल मिल्दा केसी समूहको पत्तासाफ भएको हो । नुवाकोट जिल्लामा केसी समूहको दादागिरीका कारण कांग्रेस कमजोर हुँदै आएको छ । केसी कमजोर हुनु भनेको कांग्रेस मजबुत हुने संकेत हो भन्ने बुझाई यहाँका कांग्रेसजनमा देखिन्छ ।

अर्जुनका भाई सभापति जगदीश्वर नरसिंह केसीले जहिले पनि सभापतिको गुटको भेला गरेर केन्द्रीय नेतृत्वलाई समेत हैरान पारेका थिए । त्यही कारण अहिले सभापति केसीलाई आफ्नै जिल्लाका कार्यकर्ताले पाठ सिकाएका छन् । यो परिणामले पार्टी सभापतिको उम्मेदवार हुँ भन्दै हिँडेका अर्जुननरसिंहलाई नराम्ररी झड्का लागेको छ ।

नाफा भने सभापति शेर बहादुर देउवा र अर्का नेता डा प्रकाश शरण महतलाई भएको छ । डा रामशरण महत राजनीतिक सिनबाट क्रमसः बिहिरिने सम्भावना बढेकोले नुवाकोट अब भाई महतको कब्जामा पुगेको स्थानीय कांग्रेसीहरुको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)