बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्ज महानगरपालिकाद्वारा खोप भण्डारण कक्षको स्थापना


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ६, २०७८
  • 944
    SHARES

६ मङ्सिर, जनकपुर । प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ । बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो ।

स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध प्रकारका खोप व्यवस्थापन सहज हुने अपेक्षा गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । उक्त खोप भण्डारण कक्षमा आवश्यकताअनुसार खोप चिसो बनाइ राख्ने रेफ्रिजेरेटर, आइस प्याकफ्रिजर, भ्याक्सिनक्यारियर, कोल्ड बक्सलगायत उपकरण व्यवस्थापन गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक रितेश जयसवालले जानकारी दिनुभयो ।

खोप भण्डारण कक्ष सञ्चालनमा आएसँगै महानगरका बालबालिकालाई लगाइने नियमित तथा कोभिडविरुद्धको खोपको अभाव नहुने बताइएको छ । अहिलेसम्म महानगरमा आवश्यक खोप अन्य स्थानमा भण्डारण गर्नुपर्ने बाध्यता थियो । अब खोप सहजरुपमा उपलब्ध हुने महानगरपालिकाले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }