बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कीर्तिपुर नगरपालिकाले कार्यालय समय शुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको शुरुवात


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ९, २०७८
  • 620
    SHARES

कीर्तिपुर ,९ मङ्सिर

कीर्तिपुर नगरपालिकाले कार्यालय समय शुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको शुरुवात गरेको छ ।

कर्मचारीहरुलाई राखेर कार्यालय समय शुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम शुरुवात गरेको हो । हरेक दिन कार्यालय समय शुरु हुनुपूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएर मात्रै काममा लाग्ने नियम बनाएर नगरपालिका अघि बढेको हो ।

राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीहरुमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताउनु भयो । उहाँले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने गरेको बताउनु भयो ।

नगरप्रमुख महर्जनले भन्नुभयो, ‘कीर्तिपुर नगरपालिकाले हामी जननिर्वाचित भएर आएपछि करिव साढे ४ वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीहरुलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको शुरुवात गरेका छौँ, त्यो राष्ट्रिय गानको सँगै प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथाहरु पनि भन्ने शुरु गरेको छ, त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीहरुमा एक खालको जागरुक पना, सचेतना आएको छ र पहिला जस्तो कर्मचारीहरु ढिलो आउने समस्या पनि मुक्त भएको छ ।’

नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीहरुमा सचेतना बढेको र समय भन्दा ढिलो आउने समस्या हल भएको पनि बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }