आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा र जोशीको उम्मेदवारी


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १७, २०७८
  • 350
    SHARES

पोखरा ,१७ मङ्सिर

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ ।

कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ ।

त्यस्तै महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो ।

सहमहामन्त्री एक महिलामा ओमकला गौतम र कोपिला रानाभाटको उम्मेदवारी परेको छ भने सहमहामन्त्री खुल्ला सदस्य दुई पदका लागि छ जनाको उम्मेदवारी परेको छ । अधिवेशनले सभापति, उपसभापति महमन्त्री, सहमहामन्त्रीका साथै सदस्यमा प्रत्यक्ष जिल्लाबाट खुल्ला तथा महिला ११÷११, आदिवासी जनजाती खुल्ला पाँच, मधेशी एक, दलित महिला र खुल्ला दुई÷दुई, थारु एक, मुस्लिम एक, खस आर्य महिला तथा खुल्ला चार÷चार, आदिवासी जनजाति महिला पाँच, दलित खुल्ला दुई, अपाङ्गता भएका÷अल्पसङ्ख्यक एक जनासहितका सदस्य निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)