आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस गण्डकी प्रदेशको मतगणना शुरु


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १८, २०७८
  • 806
    SHARES

गण्डकी, १८ मङ्सिर 
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि आज भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ ।

प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो । निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ ।

त्यस्तै कार्यसमितिको उपसभापति दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले प्रतिस्पर्धा गर्नुभएको छ । महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री एक जना महिलामा ओमकला गौतम र कोपिला रानाभाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

निर्वाचनको मतगणना पोखरास्थित उद्योग वाणिज्य सङ्घको हलमा सुरु भएको र आइतबार बिहानसम्म सबै पदको नतिजा आउने भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)