पोखरा , १९ मङ्सिर
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार संस्थापन ईतर पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका अर्जुन जोशी पराजित भएका छन्।
१ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् । उपसभापतिमा संस्थापन समूहका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।
उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले बाजी मारेका छन् भने सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट निर्वाचित भएका छन् ।
