आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भीमसेनदासको समर्थन इन्द्र बानियाँलाई


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १९, २०७८
  • 609
    SHARES

काठमाडौँ ,१९ मङ्सिर

नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गतको दोस्रो चरणको निर्वाचनमा सभापति पदका लागि भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्नुभएको छ ।

पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणमा सभापति पदमा इन्दबहादुर बानियाँले ९२२, अर्का प्रत्याशी जगदीश्वर नरसिंह केसीले ८७२ र प्रधानले १९७ मत ल्याउनुभएको थियो । सभापतिका लागि ५० प्रतिशतभन्दा माथि अनिवार्य मत ल्याउनुपर्ने भएकाले पहिलो चरणमा कसैले पनि आवश्यक मत हासिल गर्नसक्नुभएको थिएन ।  पहिलो चरणमा सबैभन्दा धेरै मत हासिल गर्ने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन हुनेभएपछि पहिलो चरणको निर्वाचनबाट बाहिरिनुभएका प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको बताउनुभएको हो ।

प्रधानको समर्थनसँगै बानियाँको जीत करिब सुनिश्चित भएको छ । बानियाँ संस्थापन पक्षको हुनुहुन्छ भने केसी संस्थापन इतर पक्षको उम्मेदवार हुनुहुन्छ । प्रधान सिटौला समूहबाट सभापति पदमा उठ्नु भएको थियो ।

आज उहाँले हेटौँडामा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई सहमति कायम गरी नेतृत्व दिनुपर्ने उल्लेख गर्दै सममतिमै नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । संस्थापनसमूहका नेता तथा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय डिना उपाध्याय र अम्बिका बस्नेत तथा सभापतिका उम्मेद्वार बानियाँसहितको पत्रकार सम्मेलनमा प्रधानले सबैभन्दा बढी मत ल्याउने बानियाँलाई नेतृत्व दिँदा न्याय हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)