हेटौडा , १९ मङ्सिर
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मत गणना सुरु भएको छ।
आइतबार भएको मतदानको १ हजार ४ सय १० मत गन्दा जगदिश्वर नरसिंह केसीको ६४६ मत आएको छ भने इन्द्र बानियाँको ७५५ मत आएको छ ।कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।
बागमती प्रदेशमा दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु भइ साँझ ५ बजे सम्म मतदान भएको थियो ।
बागमती प्रदेशमा केन्द्रीय महाधिवेसन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये आज २हजार २५ मत खसेको छ । हिजो शनिबार भएको मतदानमा भने २ हजार ८३ मत खसेको थियो ।
सभापतिमा संस्थापन समूह इन्द्रबहादुर बानियाँ र संस्थापन इतर पौडेल समूहका जगदिश्वर नरसिंह केसी प्रतिस्पर्धामा उत्रेका छन् । पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास प्रधान बाहिरिएका थिए ।अन्य पदमा भने शनिबार नै भएको मतदानको गणना आजै हुने महाअधिवेसन निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
