आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश २को अर्को प्रदेशसभा बैठक पुस ८ गते बस्ने


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २९, २०७८
  • 551
    SHARES

२९ मङ्सिर, काठमाडौं । प्रदेश २ को बुधबार बसेको आठौं अधिवेशनको पहिलो बैठक आगामी पुस ८ गते बस्ने गरि स्थगित भएको छ। आज बसेको प्रदेश २को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै प्रदेश सभा बैठक ९ दिनका लागि स्थगित भएको हो । सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेश गर्नुभएको थियो ।

सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)ले अध्यादेश पेस गर्न नदिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभाको अर्को बैठक पुस ८ गते बिहीवार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)