आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश


  • माउन्टेन खबर
  • बुधबार, पुस १४, २०७८
  • 614
    SHARES

काठमाडौँ, १४ पुस । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज रेग्मीलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको यही पुस २ गते बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको उक्त निर्णय विरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिट निवेदनमाथिको प्रारम्भिक सुुनुवाइपछि अदालतको उक्त दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)