बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बैतडीमा एकैपटक १० कर्मचारीको सरुवा हुँदा गाउँपालिकाको काम प्रभावित


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 324
    SHARES

१८ पुस, बैतडी । दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक इञ्जिनीयर, दुई सव ओभरसियर, एक कम्युटर अपरेटर र एक आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले जानकारी दिनभुयो ।

स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीलाई निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेसँगै स्थानीय तहका कर्मचारीको सरुवा गरिएको हो । स्थानीय तहका कर्मचारीको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको जनाइएको छ ।

कर्मचारीको एकैपटक सरुवा हुँदा काम प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकैपटक बढी सङ्ख्यामा कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ ।” कर्मचारी सरुवा भएसँगै यहाँका सात वडा पनि सचिवविहीन भएका छन् । गाउँपालिकामा रहेका आठ वडामध्ये वडा नं १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }