सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादी महाधिवेशन: पुन: निर्वाचन कार्यतालिका संशोधन, भोलि ८ बजे मतदान हुने


  • माउन्टेन खबर
  • आइतवार, पुस १८, २०७८
  • 197
    SHARES

१८ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को निर्वाचन आयोगले आठौँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः संशोधन गरेको छ।

शनिबार नै निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका भए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा सर्वसम्मतको प्रयासका लागि समय मागेपछि आज दिउँसो २ बजेदेखि सुरु हुने गरी निर्वाचनको नयाँ तालिका सार्वजनिक गरिएको थियो ।

तर, दुई प्रदेशबाहेकका समानुपातिक प्रतिनिधित्वका केन्द्रीय सदस्यहरुको विवाद टुंगिएपछि थप समय आवश्यक भएको भन्दै निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको हो ।

अन्तिम पटक संसोधन गरिएको कार्यतालिकाअनुरुप अब आइतबार अपराह्न ४ः०० बजेदेखि ६ः०० बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको छ भने ६ः३० मा उम्मेदवारको मनोनयन दर्ता सूची प्रकाशन गरिने छ।

यस्तै साँझ ७ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दिन सकिने छ। मतदान भने सोमबार बिहान ८ बजेदेखि हुने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }