आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टुरिष्ट बस एशोसियशनको साधारण सभा एवम् अधिवेशन आगामी शुक्रबार हुने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २०, २०७८
  • 377
    SHARES

काठमाडौँ, २० पुस । पर्यटक बस व्यवसायीहरुको छाता सङ्गठन टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को ११ औँ वार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशन आगामी शुक्रबार हुने भएको छ ।

एशोसियशनका अध्यक्ष ईश्वर शर्माको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामी पुस २३ गते शुक्रबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

साधारण सभामा कोरोना महामारीका समयमा पर्यटक बस व्यवसायीले भोग्नुपरेको समस्या र पर्यटक बसपार्क नहुँदा पर्यटकलाई परेको अफ्ठयारोको बारेमा गम्भीर समिक्षा हुने उपाध्यक्ष ढकनाथ काफ्लेले जानकारी दिनुभयो ।

एक दशक पहिले स्थापना भएको टुरिष्ट बस एशोसियशनअन्तर्गत हाल १०० भन्दा बढी पर्यटक बस व्यवसायीहरु आवद्ध छन् । दुई वर्षमा हुने अधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)